खेलकुद

फाइनलमा नेपालको शानदार शुरुवात, युएईको १३ ओभरमा ५२ रन,नेपाललाई पाँचौं सफलता

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले पाँचौं विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले २ रन बनाएर खेलिरहेका रोहण मुस्तफालाई आउट गरेका छन् ।

नेपालका लागि यसअघि करण केसीले २ तथा सोमपाल कामी र ललित राजबंशीले एल एक विकेट लिएका छन् ।

यसअघि युएईका ब्याट्सम्यान रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *