काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा नेपालले कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।
यसैक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका छन् । भुर्तेललाई कतारका बलर गायन मुनावीराले आउट गरेका हुन् । अहिले आसिफ शेख र भीम सार्की खेलिरहेका छन् ।




