खेलकुद

संकटामाथि सातदोबाटोको शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबले संकटा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा सातदोबाटोले संकटालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोको जितमा विलियम ओपोकु असिएडु र दिपक सिंह ठकुरीले २-२ गोल गरेका थिए ।

यो जितपछि सातदोबाटोको १२ खेलमा २१ अंक रहेको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै संकटाको भने १२ खेलमा १५ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *