खेलकुद

नेपाल र साउदी अरेबियाको खेल बर्षाले प्रभावित

काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल बर्षाले प्रभावित भएको छ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो तर बर्षका कारण बिहान ८: ३० बजे हुनुपर्ने टस अहिलेसम्म हुन सकेको छैन ।

मैदानमा अहिले हल्का वर्षा सुरु भएको छ र पिच कभरले ढाकिएको अवस्थामा रहेको छ ।

गएराती पनि पानी परेकोले मैदानमा पानि रहेको छ र मैदानमा खटिएका कर्मचारीले पानी सुकाउने प्रयास गरिरहेका छन् । नेपाकी कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टि देशाईले मैदान निरिक्षण गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *