काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले युएईलाई २६४ रनको लक्ष्य दिएको छ ।
शुक्रबार मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै हङकङले ५० ओभरमा ८ विकेट गुमाउदै २६३ रन बनाएको हो ।
हङकङका लागि अन्शुमन राठले १०६ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै किन्चित शाहले ३५, एजाज खानले २७, एहसान खानले २३, निजाकत खानले २२ रन बनाएका थिए ।
त्यसैगरी युएईका बलर आयान अफजल खानले ५ विकेट लिए भने संचित शर्माले २ तथा जुनैद सिद्धिकीले एक विकेट लिएका थिए ।
समुह बि मा रहेका युएई र हङकङले यस अघि खेलेको पहिलो खेलमा जित हासिल गरेका छन् ।




