खेलकुद

युभेन्टस युरोपा लिगको सेमिफाइनलमा

काठमाडौँ । युभेन्टस युइएफए युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा स्पोर्टिंग सिपीसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ गोल अन्तरको नतिजासहित युभेन्टस सेमिफाइनलमा पुगेको हो ।

युभेन्टसका लागि एड्रीयन रबिओटले गोल गरेका थिए भने स्पोर्टिंगका लागि मार्कस एडवार्डसले एक गोल गरेका थिए ।

यसअघि सम्पन्न क्वाटरफाइनलको पहिलो लिगमा युभेन्टस १-० गोल अन्तरले विजयी भएको थियो ।

अब सेमिफाइनलमा युभेन्टसले सेभियाको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *