काठमाडौँ । एसीसी प्रिमियर लिग अन्तर्गत समुह बि को खेलमा बहराइनले सिंगापुरलाई पराजित गरेको छ ।
टियु मैदानमा विहिबार सम्पन्न खेलमा बहराइनले सिंगापुरलाई १३२ रनको फराकिलो रनले पराजित गरेको हो ।
बहराइनले दिएको २८७ रनको लक्ष्य पछाएको सिंगापुर ४३.१ ओभरमा १५४ रन बनाउदै अलआउट भएपछि सिंगापुर १३२ रनले विजयी भएको हो ।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउदै २८६ रन बनाएको थियो ।
बहराइनका लागि फैज अहमदले सर्बाधिक ७९ रन बनाएका थिए । त्यस्तै शाहबाज बाडरले ७६ रन बनाए भने सोहेल अहमदले ४६, कप्तान हैदर बटले २९ तथा मुहमद योउनिसले २३ रन बनाएका थिए ।
त्यसैगरी सिंगापुरका बलर रमेश कालिमुथु, थिलीपान ओमईदुरइ र विनोथ बास्करनले २-२ विकेट लिएका थिए ।
प्रतियोगितामा सिंगापुरको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा सिंगापुर हङकङसँग पराजित भएको थियो । त्यस्तै बहराइनले भने पहिलो खेलमै जित हासिल गरेको छ ।
अब सिंगापुरले अर्को खेल आइतबार युएईको सामना गर्ने छ भने बहराइनले शनिबार कुवेतसँग खेल्ने छ ।




