खेलकुद

मलेसियाले साउदी अरेबियालाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए को खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गरेको छ ।

विहिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको १५४ रनको लक्ष्य पछाएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ ।

मलेसियाको जितमा मुहमद अमिरले ५६ रन बनाए भने विरनदीप सिंहले ५१, सयिद अजिजले ३४ र मुहमद सियादतले ४ रन बनाएका थिए । त्यस्तै साउदी अरेबियाका बलर जैन उल अविदिनले दुई विकेट लिए ।

यसअघि साउदी अरेबियाले टस हारेर पहिला ब्याटिंग गर्दै ४६.२ ओभरमा अल आउट हुदै १५३ रन बनाएको थियो ।

साउदी अरेबियाका लागि हसीब घफूरले सर्बाधिक ४० रन बनाए भने अब्दुल वाहिदले ३६, कप्तान हिशाम शेखले २१ तथा अतिफ उर् रहमानले १८ रन बनाएका थिए । यी बाहेक साउदी अरेबियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

त्यसैगरी मलेसियाका बलर खिजार हायातले सर्बाधिक तीन विकेट लिए भने मुहमद वाफिक, रिजवान हैदर र अनवर रहमानले २-२ विकेट तथा विरनदीप सिंहले एक विकेट लिए ।

यो जितपछि मलेसियाले आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । मलेसिया पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । समुह ए मा रहेको मलेसियाको २ खेलमा २ अंक भएको छ ।

त्यस्तै साउदी अरेबियाले प्रतियोगितामा आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

अब साउदी अरेबियाले अर्को खेल आगामी शनिबार कतारसँग खेल्ने छ भने मलेसियाले आइतबार ओमानसँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *