एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले दुई वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन खारेज भएको छ ।
आफुलाई सुरत अदालतले सुनाएको दुई वर्ष जेल सजायविरूद्ध राहुलले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज गरिदिएको हो ।
एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।
गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।




