काठमाडौँ । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनल अन्तर्गतको दोस्रो लिगमा जर्मनी क्लब बायर्न म्युनिखसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा ४-१ गोल अन्तरले विजयी हुदै म्यानचेस्टर सिटी सेमिफाइनलमा पुगेको हो ।
यस खेलमा म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए भने बायर्नका लागि जोशुआ किमिचले बराबरी गोल गरेका थिए ।
यस अघि सम्पन्न पहिलो लिगमा म्यानचेस्टर सिटीले बायर्नलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडको सामना गर्ने भएको छ ।
त्यस्तै इन्टर मिलानले बेनिफिकालाई समग्रमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा इन्टर मिलान र एसी मिलानको भिडन्त हुने भएको छ ।




