खेलकुद

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुदै छन् ।

बिहान ९ बजेदेखि हुने खेलमा टियु क्रिकेट मैदानमा समुह बि अन्तर्गत बहराइन र सिंगापुरबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा समुह ए अन्तर्गत मलेसिया र साउदी अरेबिया बीचको खेल हुने छ ।

यसअघि मंगलबार प्रतियोगिताकोप पहिलो दिन समुह एमा रहेको नेपालले मलेसियालाई हराउदै विजयी शुरुवात गरेको छ भने मंगलबार नै समुह बि मा रहेको हङकङले सिंगापुरलाई हराउदै विजयी शुरुवात गरेको छ । त्यस्तै बुधबार युएईले कुवेतलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने ओमानले कतारलाई पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् ।

विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *