खेलकुद

पुलिसविरुद्ध जावलाखेलको आधा दर्जन गोल

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले नेपाल पुलिसलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

यो जितसहित जावलाखेलको १० खेलमा २० अंक भएको छ र जावलाखेल लिगको शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाल पुलिस क्लबको भने १० खेलमा ५ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *