काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सिंगापुरले हङकङलाई १७५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४२.१ ओभरमा अल आउट हुदै १७४ रन बनाएको हो ।
सिंगापुरका लागि कप्तान अरित्रा दत्ताले सर्बाधिक ४९ रन बनाए भने आर्यन मोदीले २१, रमेस कालीमुथुले १८, अभि दिक्षितले १२ रन बनाएका थिए ।
त्यस्तै हङकङका बलर एहसान खानले ४ विकेट लिए भने यासिम मुर्तजाले ३ तथा आयुष शुक्ला, एजाज खान र मोहमद घजानफारले एक एक विकेट लिए ।
अब हङकङले केहि बेरमा जवाफी ब्याटिंग गर्ने छ ।
१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् ।
विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।




