विश्व

बेलायतका प्रधानमन्त्री पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलर घाटा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलरको नोक्सान भएको छ ।
सोमबार इन्फोसिस लिमिटेडको शेयरमा भारी गिरावट आउँदा उनलाई सो रकम बराबरको नोक्सानी भएको हो । ऋषि सुनक प्रधानमन्त्री बनेपछि अक्षता मूर्तिलाई अहिलेसम्मकै ठूलो घाटा भएको छ ।

अक्षता मूर्तिसँग उनका बुबा एन नारायण मूर्तिद्वारा सह–स्थापना गरिएको भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसमा ०।९४ प्रतिशत हिस्सेदारी छ । ब्लूमबर्गको रिपोर्टका अनुसार सोमबार इन्फोसिसको शेयरमा गिरावट आएपछि ब्रोकरहरूले डाउनग्रेड गर्ने क्रम सुरु भएको थियो । सोमबार मार्च २०२० पछि इन्फोसिसको शेयरमा ९.४ प्रतिशतको को गिरावट आयो, सो गिरावट सो समय पछिको सबैभन्दा ठूलो गिरावट हो ।

यद्यपि, अक्षता मूर्तिलाई भएको क्षति सुनक परिवारको सम्पत्तिको एक अंश मात्र हो । अक्षता मूर्तिको सेयर अझै ४५० मिलियन पाउण्डभन्दा बढी छ । यसैबीच, ऋषि सुनकको कार्यालयले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *