काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले पराजित गरेको छ ।
चेन्नईले दिएको २२७ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउदै २१८ रन बनाएपछि खेल ८ रनले हारेको हो ।
बैंगलोरका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ७६ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए । त्यस्तै दिनेश कार्तिकले २८ रन बनाए भने सुयाश प्रभु देसाईले १९ रन बनाए भने शहबाज अहमदले १२ रन बनाए ।
त्यस्तै चेन्नईका बलर तुषार देशपाण्डेले ३ विकेट लिए भने मथीशा पथिरानाले २ विकेट लिए । त्यस्तै आकाश सिंह, महीस थिकशाना र मोइन अलीले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २२६ रन बनाएको थियो ।
चेन्नईका लागि डेभोन कोनवेले सर्बाधिक ८३ रन बनाएका थिए । त्यस्तै शिभम दुवेले ५२ रन बनाए भने अजिख्य रहानेले ३७, मोइन अलीले १९, अम्बाती रायाडूले १४, रविन्द्र जादेजाले १० रन बनाएका थिए ।
त्यसैगरी बैंगलोरका बलर मोहमद सिराज, वाने प्रनिल, विजयकुमार वैश्यक, ग्लेन म्याकवेल, वैनान्दु हसरंगा र हर्षल पटेलले एक एक विकेट लिएका थिए ।
यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको ५ खेलमा ६ अंक रहेको छ । त्यस्तै बैंगलोरले भने तेस्रो हार बेहोरेको छ । बैंगलोरको ५ खेलमा ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।




