काठमाडौँ । नेपालले अभ्यास खेलमा ओमानलाई पराजित गरेको छ । शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो ।
ओमानले दिएको २४७ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि अर्जुन साउदले सर्बाधिक ६७ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ५६, दिपेन्द्र सिंह ऐरीले ५९ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।
अप्रिल १८ देखि शुरु हुने एसिसिस प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेलेको हो ।




