समाचार

जनकपुर–जयनगर रेल सेवाको कार्यतालिका परिवर्तन

काठमाडौं । जनकपुर जयनगर रेल सेवाको तालिका परिवर्तन भएको छ । दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्न थालेको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवाको दायरा बढाएको हो ।

अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाको भनाइ छ ।

एकवर्ष अघि सञ्चालनमा ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका लागि दिउँसो ३ बजे प्रस्थान गर्ने गरेको थियो । तर अहिले सेवाको पहँच विस्तारका लागि विभिन्न समय निर्धारण गरिएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *