खेलकुद

दुई मिनेटको अन्तरमा भियतनामको दुई गोल

काठमाडौं। ओलम्पिक गेम्सको महिला फुटबल छनोटअन्तर्गत अहिले भइरहेको खेलमा भियतनामले नेपालविरुद्ध सुरुको ७ मिनेटमै २-० गोलको अग्रता लिएको छ। भियतनामले ५ र ७ औँ मिनेटमा गोल गरेको हो।

भियतनामका लागि दुवै गोल फाम हाई येनले गरेकी हुन्।

पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपाल सुरुआतमै दुई गोलले पछाडि परेको हो ।

दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो । पहिलो खेलमा फराकिलो जित हात पारेकाले भियतनाम यो खेलमा बलियो मनोबलमा देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *