काठमाडौं । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मदतमा नेपाल सो प्रतियोगिता जित्न सफल भएको हो ।
घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हराएको थियो । खेल १–१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले गोल हान्न सफल भएपछि नेपाली टिमले खुशियाली मनाउने मौका पाएको हो ।
यसअघि १७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । यस्तै उपविजेता टिमले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ
आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाउन सफल रहृे भने निर्णायक गोलकर्ता मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाएका छन् ।




