खेलकुद

क्रोसिया र वेल्स विजयी

काठमाडौँ । युरोकप छनौट अन्तर्गत क्रोसियाले टर्कीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा क्रोसियाले टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

क्रोसियाको जितमा दुवै गोल माटेओ कोभाकिकले गरेका हुन् । उनले दुवै गोल खेलको पहिलो हाफमा गरेका थिए ।

यो जितपछि क्रोसियाको समुह डी मा २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै यसै समुहमा रहेको वेल्सले लात्भियालाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । वेल्सको पनि २ खेलमा ४ अंक भएको छ ।

त्यसैगरी यस समुहमा अर्मेनिया र लात्भिया भने २-२ खेल खेलेर अंकविहिन रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *