खेलकुद

स्कटल्याण्डसँग स्पेन स्तब्ध

काठमाडौँ । युरोकप छनौट स्पेन स्कटल्याण्डसँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा स्कटल्याण्डले स्पेनलाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

स्कटल्याण्डको जितमा स्कट म्याकटोमीनीले दुवै गोल गरेका थिए । उनले खेलको सातौं र ५१औं मिनेटमा गोल गरेका थिए ।

यो जितपछि स्कटल्याण्डले युरो कप छनौटका शुरुका दुवै खेल जितेर ६ अंक हासिल गरेको र समुह ए मा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै स्पेनले भने २ खेलमा ३ अंक हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *