समाचार

प्रधानमन्त्री प्रचण्डविरूद्ध नारा लगाउने ३ जना अब जेलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध केही दिन आगाडी नयाँबानेश्वरमा नाराबाजी गर्ने ३ जनालाई काराघार लगिएको छ ।

अभद्र व्यवहारको कसुरमा आइतबार जिल्ला प्रशासन कार्यालयले ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएपनि उनीहरुले नियमको पालना नगरेपछि जेल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले बताए ।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मालाई जेल चलान गरिएको डिएसपीले जानकारी दिए ।

अभद्र व्यावहार गरि जेल चलान गरिएका ती व्यक्तिहरु नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता रहेको खुलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *