समाचार

आरआर क्याम्पस : स्ववियु निर्वाचनबारे छलफलमा उपस्थित हुन विद्यार्थी संगठनलाई आग्रह

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई तालाबन्दीको अन्त्य गरी निर्वाचन विषयमा केन्द्रित हुन छलफलमा बोलाएको छ ।

स्ववियु निर्वाचनको विषयमा विवाद उत्पन्न हुँदा विद्यार्थी संगठनहरुले गत फागुन २७ गते ताला बन्द गरिएको थियो ।

त्रिवि उपकुलपति कार्यालय तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्थगित भएका क्याम्पसहरुको स्ववियु निर्वाचन चैत १२ गते अगाडी आपसी समझदारी कायम गरी निर्वाचन सम्पन्न गराउन विज्ञप्ति तथा पत्राचार गरेपछि विवादमा रहेका क्याम्पसले ताला खोल्न तथा छलफलमा आउन आग्रह गरेको छ ।

सार्वजनिक विज्ञप्ती यस्तो छ :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *