काठमाडौं । विद्यार्थी नेताहरुको नेतृत्व परिक्षणको अन्तिम समय आउन मात्र अब ४ बाँकी रहेको छ । लामो समयपछि हुन लागेको स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरूमा ५ चैतमा हुँदैछ । काठमाडौं उपत्यकामा २२ आंगिक क्याम्पस रहेका छन भने ६ वटा सामुदायिक क्याम्पस रहेका छन् ।
यस्तै देशभर ६२ आंगिक क्याम्पसहरु रहेका छन् । यी देशभरका क्याम्पस मध्ये केही अधिक्तम क्याम्पसहरुमा मनोन्वयन दर्ताका काम सकिएको छ भने केही क्याम्पसमा संगठनबीच भएको विवादका कारण निर्वाचनको निर्धारित समय नै अनिश्चित देखिएको छ । उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
निर्वाचन मापदण्ड पुगेका क्याम्पसहरुमा आजबाट देशभर चुनावी प्र्रचारप्रसार हुन थालेको छ भने विवादित क्याम्पसहरुमा भने निर्वाचनको सम्झौताको प्रक्रिया अनिश्चित छ । विभिन्न पार्टीनिकट विद्यार्थी चुनावअघि नै केही क्याम्पसहरूमा स्ववियुमा विद्यार्थी संगठनका उम्मेदवार अध्यक्षसहित कार्यसमितिमा निर्विरोध निर्वाचित पनि भएका छन् ।
विद्यार्थी संगठनको क्याम्पसमा केही ठाउँमा निर्विरोध स्ववियु कार्यसमिति चयन भएका छन् । स्ववियु निर्वाचनमा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी पहिलो स्थानमा रहेको छ । अनेरास्ववियु दोस्रो रनेपाल विद्यार्थी संघले तेस्रो स्थान पाएको छ ।
क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार ३२ वटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारी निर्विरोध निर्वाचित भएको छ । एमालेनिकट अनेरास्ववियु २१ वटा क्याम्पसको स्ववियु अध्यक्षसहित पदमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष नारायण घर्तीका अनुसार अनेरास्ववियुले २१ क्याम्पसको स्ववियु अध्यक्षसहित पदमा निर्विरोध भएका हुन् ।
अध्यक्ष दुजाङ शेर्पाले दिएको जानकारी अनुसार स्ववियु निर्वाचनमा अहिलेसम्म निर्विरोध निर्वाचितमा नेविसंघ तेस्रो स्थानमा छ । अहिलेसम्म १३ वटा क्याम्पसमा नेविसंघका उम्मेदवार स्ववियु अध्यक्ष, पदाधिकारी र सदस्यमा निर्विरोध निर्वाचित भएको उनको भनाइ छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक क्याम्पसमा स्ववियु सभापति र तीन क्याम्पसमा उपसभापतिमा निर्विरोध जित हासिल गरेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुस (एस) ले एउटा क्याम्पसमा स्ववियु सभापति जित हात पारेको छ ।
निर्विरोध निर्वाचित क्याम्पसहरूको विवरण यस्तो छ :
अखिल क्रान्तिकारी
१, सन्तोष आचार्य, सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला
२, किरण विश्वकर्मा, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम
३, वीरभान भण्डारी, सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम
४, निराजन केसी, सितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम
५, मनसुर कार्की, चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु
६, अजय विष्ट, बन्गाड क्याम्पस, सल्यान
७, बरुण न्यौपाने, फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान
८, रनचन्द्र शाही, लिकु संयुक्त क्याम्पस, डोल्पा
९, जागेश्वर थापा, जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट
१, रन्जो श्रेष्ठ, गुराँस बहुमुखी क्याम्पस, बर्दिया
११, प्रभा पौडेल,चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी
१२, विज्ञान दोर्जे बल, मरिण बहुमुखी क्याम्पस, सिन्धुली
१३, विनिता न्यौपाने, सुनकोसी क्याम्पस, सिन्धुली
१४, गोविन्द पहाडी, शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली
१५, विष्णु पाण्डे, गोरखा क्याम्पस, गोरखा
१६, लक्ष्मण घिसिङ , कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक
१७, अमृत श्रेष्ठ ,चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक
१८, सीता तिमल्सिना, नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ
१९, पुष्कल श्रेष्ठ, पालुङ बहुमुखी क्याम्पस
२०, चन्द्रहाङ लावती, रवि क्याम्पस, पाँचथर
२१, सहयोग बहुमुखी क्याम्पस, काठमाडौं
२२, एकराज वली, जनकल्याण बहुमुखी क्याम्पस, सल्यान
२३, विष्णु गोराथोकी, पद्मोदय क्याम्पस, दाङ
२४, नरेश पुन मगर, झिमरुक बहुमुखी क्याम्पस, प्युठान
२५, जयमान बुढा मगर, सिस्ने शिक्षा क्याम्पस, रुकुम ९पूर्व०
२६, जीवन पौडेल, जनज्योति बहुमुखी क्याम्पस, गुल्मी
२७, मोहन बस्नेत, बीपी कोइराला संस्कृत क्याम्पस, सोलुखुम्बु
२८, सिर्जना न्यौपाने, कुमरी नमुना बहुमुखी क्याम्पस, नुवाकोट
२९, सरोज थापा, भाषा क्याम्पस, धनकुटा
३०, जीवन तिरुवा,बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं
३१, समिरजंग मल्ल, मार्क इन्टरनेशनल क्याम्पस, दाङ
३२, निर्मला बुढाथोकी, सिम्रुतु क्याम्पस, रुकुम
नेविसंघ
१, निरुता खड्का,जितपुर कलेज, धनकुटा
२, कृष्ण लामिछाने, सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली
३, सरस्वती जिसी, ठोकर्पा सामुदायिक क्याम्पस
४, सविन रेग्मी, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस
५, गोपाल खड्का, गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत
६, मुना नेपाली, पाँचथर बहुमुखी क्याम्पस, पाँचथर
७, हिमाल केसी, प्युठान बहुमुखी क्याम्पस, प्युठान
८, सञ्जिवनी न्यौपाने, मालुङ्गा बहुमुखी क्याम्पस, स्याङ्जा
९, सुरज चौलागाईं ,सिन्धु भ्याली सामुदायिक क्याम्पस
१०, भक्त बहादुर तामाङ, त्रिपुरेश्वर क्याम्पस, सिन्धुली
११, नरेन्द्र भण्डारी, मानसरोबर बहुमुखी क्याम्पस, हुम्ला
१२, जुनिता विष्ट, नन्दादेवी बहुमुखी क्याम्पस, कालीकोट
१३, रण बहादुर बाहेरा, महालक्ष्मी क्याम्पस
विप्लव नेतृत्वको अखिल क्रान्तिकारी
१, नवीन केसी, राप्ती शिक्षा क्याम्पस, दाङ
अनेरास्ववियु (एस) निर्वाचित क्याम्पस
१, विजय काफ्ले, अरुणखोला बहुमुखी क्याम्पस, नवलपुर
अनेरास्ववियु
१, सन्तोष बुढाथोकी, धनकुटा बहुमुखी क्याम्पस
२, हिरा थामी, सुनकोसी बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक
३, प्रकाश गौतम, ह्यात्रुङ झरना क्याम्पस, तेह्रथुम
४, सीता कार्की, कोटदेवल क्याम्पस, दैलेख
५, गोपाल आचार्य, गरुवा बहुमुखी क्याम्पस, इलाम
६, प्रतीक्षा खनाल, एकतप्पा बहुमुखी क्याम्पस, इलाम
७, गोपाल आचार्य, गरुवा बहुमुखी क्याम्पस, इलाम
८, सन्तोष तिम्सिना, गरामनी क्याम्प, झापा
९,आकाश खरेल, मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी
१०, प्रेमबहादुर पुलामी, तीनपाटन बहुमुखी क्याम्पस, सिन्धुली
११, देवराज गौतम, सरस्वती क्याम्पस, सिन्धुली
१२, लक्ष्मी श्रेष्ठ, भीमज्योति क्याम्पस, सिन्धुली
१३, गौमती बहुमुखी क्याम्पस सिन्धुली, नाम प्राप्त नभएको
१४, एनिस रेग्मी, पिण्डेश्वर विद्यापिठ, सुनसरी
१५, सरोज अधिकारी ,माण्डव्य बहुमुखी क्याम्पस, पाल्पा
१६ं, टेकराज केसी, स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान
१७, राजेश वली, सल्यान बहुमुखी क्याम्पस, सल्यान
१८, निर्मला कार्की, जालपादेवी क्याम्पस, धनकुटा
१९, विशाल तामाङ, हिले क्याम्पस, धनकुटा
२०, थर्पु क्याम्पस, पाँचथर, नाम प्राप्त नभएको
२१, यासोक क्याम्पस, पाँचथर, नाम प्राप्त नभएको




