समाचार

सरकारी कार्यालयमा झुन्ड्याउने राष्ट्रपति पौडेलको नयाँ फोटो सार्वजनिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ फोटो सार्वजनिक भएको छ । सूचना तथा प्रसारण विभागले बुधबार राष्ट्रपति पौडेलको अफिसियल फोटो सार्वजनिक गरेको हो ।

फागुन २९ गते पद तथा गोपनीयताको शपथ लिएसँगै शीतल निवासमा पदभार सम्हालेपछि पौडेलको अनुहारमा भएको कोठी इडिट गरेको औपचारिक फोटो सार्वजनिक भएको थियो । तर त्यो फोटोको मौलिकतामा प्रश्न उठेपछि सरकारी कार्यालयमा प्रयोग भएको थिएन ।

सूचना तथा प्रसारण विभागले तीन दिनपछि फोटो सार्वजनिक गरेको हो । मंगलबार दिनभरि तस्बिर छनोटमा समय बितेको थियो । राष्ट्रपति पौडेलले अनुहारमा भएको कोठीसहितको तस्बिर प्रयोग गर्न अनुमति दिएपछि विभागले बुधबार दिउँसो फोटो सार्वजनिक गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *