काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज युएई र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुदै छ ।
यस खेलमा पीएनजीले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।
यो खेल टीयू क्रिकेट मैदानमा नेपाली समय अनुसार साढे ९ बजेदेखि शुरु हुने छ । युएई शिर्ष तिनमा पर्न असफल भएको र एक एकदिवसीय मान्यता पाउन पनि प्लेअफ खेल्नुपर्ने अवस्था रहेकाले यस खेलको महत्व देखिदैन । त्यस्तै पीएनजीका लागि पनि अर्को अभ्यास खेलको रुपमा यो खेल हुने छ । तर पछिल्ला खेलहरुमा पीएनजीले युएईलाई लगातार पराजित गरिरहेकोले यो खेलमाथि नजर भने हुने छ ।




