काठमाडौं । संवैधानिक व्यवस्था अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशको अवकाशको उमेर ६३ वर्ष किटान गरेपनि भ्रष्टाचार, गैरकानुनी सम्पत्ति आर्जन, नक्कली प्रमाणपत्र लगायतका गम्भीर प्रकृतिका मुद्दाहरु हेर्ने गर्छन न्यायाधीश शालिग्राम कोइराला । उमेरले अधारमा उनी अदालतमा काम गर्न अयाग्य छन् तर ६३ वर्षको उमेर हद पूरा हुँदा पनि अझै उनले अवकाश पाएका छैनन् ।
उच्च अदालतका मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त रहने नेपालको संविधानको धारा १४२ मा व्यवस्था छ । उक्त धाराको उपधारा १ मा देहायको कुनै अवस्थामा उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुनेछ भनी उल्लेख गरिएको छ । सोही उपधारको खण्ड (ख) मा ‘निजको उमेर ६३ वर्ष पूरा भएमा भन्ने वाक्यांश राखिएको छ ।
तर स्थायी ठेगाना मोरङ भएका न्यायाधीश शालिग्राम कोइराला भने अझै विशेष अदालतबाट अवकास पाएका छैनन् । यो विषय संविधान अनुसार गैरकानुनी छ ।
न्याय परिषद् बुलेटिनमा न्यायाधीश शालिग्राम कोइरालाको जन्ममिति २०१६ साल फागुन २० गते छ ।
सम्पुर्ण विवरणका लागि तल राखिएको तथ्याङ्क हेर्नुहोस :





