खेलकुद

ए डिभिजन लिग तेस्रो चरणमा,दुई खेलहरु हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । शुक्रबार तेस्रो चरणका खेलहरु शुरु हुदैछन् ।

शुक्रबार खुमलटार युथ क्लब र थ्री स्टार क्लबबीच एन्फा कम्लेक्समा अपराहन्न साढे २ बजे खेल हुदैछ भने अर्को खेल चर्च ब्वाइज युनाइटेड क्लब र हिमालयन शेर्पाबीच साँझ साढे पाँच बजे दशरथ रंगशालामा खेल हुदै छ ।

पहिलो खेलको चर्चा गर्दा खुमलटार युथ क्लबले यसअघि २ खेलमा एक जित र एक हारसहित ३ अंक बटुलेको छ भने थ्री स्टार क्लबले २ खेलमा एक बराबरी र एक हार बेहोर्दै एक अंक हासिल गरेको छ ।

त्यस्तै दोस्रो खेलको चर्चा गर्दा चर्च ब्वाइजले यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ भने हिमालयन शेर्पाले २ खेलमा एक जित र एक बराबरीसहित ४ अंक हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *