खेलकुद

नेपालले तेस्रो विकेट गुमायो

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पीएनजीविरुद्ध राम्रो शुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् ।

यस अघि नेपालका कुशल मल्ल २ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेलले ४५ रन बनाएर आउट भएका थिए ।

त्यस्तै अहिले असिफ सेख ७७ रन बनाएर खेलिरहेका छन् भने कप्तान रोहित पौडेल मैदानमा आएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले २५.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *