काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।
विहिबार न्यूरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच अपरान्ह साढे २ बजेदेखि एन्फा कम्लेक्समा हुने छ भने अर्को त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच अपरान्ह साढे दुई बजेदेखि नै ललितपुरस्थित च्यासल मैदानमा हुने छ ।
पहिलो खेलको नतिजाको चर्चा गर्दा एनआरटी सातदोबाटो युथ क्लबसँग २-१ ले आफ्नो पहिलो खेल हारेको थियो भने जावलाखेल युथ क्लबले भने डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई ३-१ गोले पराजित गरेको थियो ।
त्यसैगरी त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो खेल संकटासँग गोलरहित बराबरी खेलेको थियो भने मछिन्द्रले जावलाखेलसँग हार बेहोर्दै सिजनमा खराब शुरुवात गरेको थियो ।




