खेलकुद

भीम सार्कीको अर्धशतक

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा यूएईसँगको खेलमा नेपालले १५० रन पूरा गरेको छ ।

नेपालले ३८ ओभर १ बलमा १५० रन पूरा गरेको हो । नेपालले ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा भीम सार्की र सन्दीप लामिछानेले छैटौं रनको साझेदारी गरेका थिए । नेपालले १२४ रन बनाउँदा ६ विकेट गुमाएको अवस्थामा सन्दीप २७ रन बनाएर आउट भए । अहिले क्रिजमा भीम र आरिफ शेख छन् । अहिलेसम्म नेपालले ४० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको छ ।

यो खेलमा मध्य क्रमका ब्याटर भीम सार्कीले पहिलो बनाएका छन् । एक दिवसीयमा उनको यो पहिलो अर्धशतक हो । ब्याटरहरु सस्तैमा आउट भएपछि अब नेपालले बलरको भर पर्ने अवस्था आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *