काठमाडौँ । आइसीसी विश्वकप लिग अन्तर्गत अहिले नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।
यसैबीच नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेलले ५ बलमा १ रन बनाएर आउट भएका छन् ।
यसअघि ओपनर आसिफ सेख ६ रन बनाएर आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल २६ बलमा ११ रन बनाएर आउट भएका थिए ।
आसिफ र ज्ञानेन्द्र दुवैलाई युएईका बलर जुनैद सिद्धिकीले आउट गरेका हुन् भने कप्तान पौडेललाई आर्यान लक्राले आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ११.२ ओभरमा ३ विकेट गुमाएर ४९ रन बनाएको छ ।




