काठमाडौँ । आइसीसी विश्वकप लिग अन्तर्गत अहिले नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।
यसैबीच नेपालले दुवै ओपनर गुमाएको छ । नेपालका ओपनर आसिफ सेख ६ रन बनाएर आउट भएका छन् भने आज ओपन गरेका ज्ञानेन्द्र मल्ल२६ बलमा ११ रन बनाएर आउट भएका हुन् ।
आसिफ र ज्ञानेन्द्र दुवैलाई युएईका बलर जुनैद सिद्धिकीले आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ९ ओभरमा २ विकेट गुमाएर ३४ रन बनाएको छ ।



