कार्यकारीकै झल्को दिने गरी राष्ट्रपति निर्वाचनको प्रचार प्रसार
काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार र दलहरु मत माग्न व्यस्त छन् । राष्ट्रपतिसँग कार्यकारी अधिकार हुँदैन, तर, दलहरुले कार्यकारी पदाधिकारीकै चुनावको झल्को दिने गरी प्रचार प्रसार गरिरहेका छन् । उम्मेदवारलाई नै राखेर सम्मेलन गर्ने, पार्टी कार्यालयमा मत माग्न जाने तथा पार्टी र सांसदहरुलाई एक एक गरी पत्राचार गर्ने लगायतका शैली दलहरुले अपनाएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन आठ दलले बिहीबार काठमाडौंमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई प्रशिक्षण कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतन्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायत शीर्ष नेताहरुले राष्ट्रपतिमा पौडेललाई मतदान गर्न आग्रह गर्ने गरे । आठ दलीय गठबन्धनले सातै प्रदेशमा कांग्रेसका पदाधिकारीलाई जिम्मेवारी नै तोकेर पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र र राप्रपाको पनि साथ लिने गठबन्धनको तयारी छ । पौडेलले रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर मत दिन आग्रह गरिसकेका छन् । कांग्रेसले प्रत्येक सांसदलाई पत्र पठाएको छ ।
मतभारमा कमजोर रहे पनि राष्ट्रपतिमा जित हासिल गर्ने रणनीति एमालेको छ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई सँगै लिएर एमालेका नेताहरुले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन् । एमालेले विहीबार नै नेकपा एकीकृत समाजवादी, राप्रपा र रास्वपाका नेताहरुलाई भेटेर नेम्वाङको पक्षमा मत माग्यो ।
राष्ट्रपति चुनावले एमाले र एकीकृत समाजवादीबीचको दूरी घटाएको छ । एमालेले सत्ता सहकार्यदेखि पार्टी एकताका लागिसमेत प्रस्ताव गरे पनि एकीकृत समाजवादीले विश्वास गरिहालेको छैन । कांग्रेस मत थप्ने र गोप्य मतदानमा मत क्रस हुनबाट जोगाउने रणनीतिमा लागेको छ भने एमाले बाँकी दलको साथ लिने गठबन्धनभित्रकै केही मत आकर्षित योजना बनाएको छ ।
राष्ट्रपति निर्वाचनको नमुना मतपत्र
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ ।
जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए । उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे ।
आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उनले बताए । प्रधानमन्त्रीले सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताए ।
.एमाले नेताहरु डिल्लीबजार कारागारमा
नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु गएका थिए ।
भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । चौधरीले भने २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय लिने जानकारी गराएका छन् । यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई भेटेका थिए ।
सभामुख घिमिरे वालुवाटरस्थित आफ्नै भवनमा
सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् ।
गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन् ।
‘सोमवारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवाश्यक प्रक्रिया पुरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।
सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँवाट बाहिर जानेछन भने उनी पुरानै आफनै भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थितमा जानेछन, त्यो भने निक्यौल भईसकेको छैन् ।
वालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको वालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुब्यावहारको आरोपमा थुनामा गएपछि रिक्त रहदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।
तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने वालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए । हाल उनी त्यहाँवाट सरे पछि सभामुख घिमिरे वालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्यौल थियो तर गत सोमवारको मन्त्रीपरिषद बैठकले निर्णय लिए पछि उनी अब बालुवाटर जानेछन् ।
सन्दीपको उत्कृष्ट साझेदारीमा नेपालको सानदार जित
काठमाडौं ।आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी भएको छ। युएईमा भइरहेको आईसीसी विश्वकप लिग(२ अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपाल तीन विकेटले विजयी भएको हो।
नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफले अविजित ८६ रन बनाए। आठौं विकेटका लागि क्रिजमा आएका सन्दीप लामिछानेले उत्कृट साझेदारी खेलेपछि नेपालको विजयी सुनिश्चित भएको हो। लामिछानेले ३५ रन बनाएर अविजित रहे।
त्यसअघि कुशल मल्लबाहेक कसैले दोहोरो अंक जोड्न सकेका थिएनन्। मल्लले २३ रन बनाएका थिए। टस जितेर ब्याटिङ गेरको पीएनजीले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो।
यससँगै नेपालको ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना जीवितै रहेको छ।



