समाचार

सन्दीपलाई यूएई पठाउन क्यानले माग्यो आईसीसीसँग अनुमति

काठमाडौं। सर्वोच्च अदालतले फुकुवा गरेसँगै क्रिकेटर सन्दीप लामिछानेलाई युएई पठाउन नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग अनुमति मागेको छ।

प्रतियोगिताका क्रममा कुनै देशले स्क्वाड परिवर्तन गर्नुपरे आईसीसीसँग अनुमति लिनुपर्ने प्रावधान रहेकाले सन्दीपका विषयमा युएई पठाउन अनुमति मागिएको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए।

नेपालको शनिबार १५ सदस्यीय टिम खेलका लागि यूएई गएको थियो। आइतबार पहिलो खेल खेलिसकेको नेपालले बाँकी तीन खेलका लागि सन्दीपलाई टिममा अटाउन क्यानले पहल थालेको हो। यद्यपि कुन खेलाडीको स्थानमा सन्दीपलाई पदस्थापन गर्ने भन्ने निर्णय अहिलेसम्म भइसकेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *