समाचार

राज्यले स्वास्थ्य र शिक्षामा व्यापार गर्दा गरिवले पढ्न सक्दैनन्– सुशीला कार्की

‘देश व्यापारी नेताले होइन, हिम्मत र साहस बोकेका छात्राले चलाउन हो’
‘यो शहरमा मृत्यु पछि पनि पैशा चाहिन्छ, आर्यघाटमा जल्न गरिवलाई सजिलो छैन’

काठमाडौं, सर्वोच्च अदालतकी पूर्बप्रधानन्यायाधिश सुशीला कार्कीले सरकारमा रहेकाहरु व्यापारी भएकाले राज्यले सेवा प्रदान गर्नु पर्ने स्वास्थ्य र शिक्षामा व्यापार हुन थालेको बताउनु भएको छ । डिल्लीबजार कन्या बहुमुख क्याम्पसको ४२औं वार्षिकोत्वस तथा पुरस्कार वितरण समारोहमा पूर्वप्रधानन्यायाधिश कार्कीले शिक्षा र स्वास्थ्यमा व्यापारीकरण हुँदा गरिवका सन्तानले डाक्टर र इन्जिनियर पढ्न नसक्ने अवस्था आएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘देशका ठूला नीजि क्षेत्रका स्वास्थ्य र शिक्षासँग सम्वन्धित संस्थाहरुमा व्यापारिले लगानी गरेका छन् । उनीहरु शिक्षा र स्वास्थ्य क्षेत्रबाट अधिक फाईदा लिन व्यापार गरिरहेका छन्। पहिले गरिवका छोरा छोरी पनि डाक्टर र इन्जिनियर पढ्थे तर आजकाल पैशा नहुनेले पढ्नै सक्दैनन्। कतिपय आमा बुवा छोरा छोरीलाई राम्रो शिक्षा दिन मन छ तर पैशा नभएका कारण रोएर हिँडेका छन् ।’ पूर्वप्रधानन्यायाधिश कार्कीले गरिवका छोराछोरीका लागि निःशुल्क शिक्षा दिन क्याम्पस खोल्छु भन्दा सरकारमा बसेका मान्छे व्यापारी हुँदा स्वकृति नै नदिने गरेको अनुभव सुनाउनु भयो ।

‘सरकारले उपलब्ध गराउने छात्रबृत्ति र सुविधा कसले पाइरहेको छ ? थाहा छैन’, उहाँले भन्नु भयो, ‘व्यापार शिक्षा र स्वास्थ्यवाहेक मृत्युमा समेत हुने गरेको छ । यो शहरमा मृत्यु पछि अन्त्येष्टिका लागि पनि पैशा चाहिन्छ । गरिबको मृत्यु भयो भने आर्यघाटमा अन्त्येष्टि गर्न सहयोजथ जुटाउनु पर्ने बिडम्बना छ ।’

कार्कीले स्वास्थ्य क्षेत्रमा व्यापार फस्टाउँदै गएको अनुभव आफूले पनि महसुस गरेको भन्दै एक नीजि अस्पतालले उपचारका क्रममा निधन भइसकेको मान्छेलाई समेत आईसीयूमा राखेर मृत्यु घोषणा नगरी पैशा बटुने गरेको बताउनु भयो । उहाँले पैशाका लागि अस्पतालले मृत्यु घोषणा नगर्न चिकित्सकलाई दबाब दिँदा एक चिकित्सक अमानविय र गैरव्यवसायिक चरित्र देखाउन नसक्ने भन्दै विदेशिन बाध्य भएको घटना सुनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश व्यापारी नेताले चलाएकोले उनीहरुलाई हटाएर हिम्मत र साहसका साथ छात्राहरु अघि बढ्नु पर्छ । डराएर महिलाले कहिल्यै उन्नति गर्न नसक्ने भन्दै आफू जुन कुर्सीमा पुँगेँ त्यो मेरो साहस र मेहनतले हो कसैको निगाहले होइन । केही गर्छु भनेर अघि बढ्दा कोही बलात्कार गर्न आए पनि प्रतिकार गर्न सक्छु भन्ने साहस छात्रामा चाहिन्छ ।

डिल्लीबजार कन्या बुहमुखि क्याम्पसले न्युन शुल्कमा काठमाडौंवाहिरबाट आएका छात्रालाई गुणस्तरिक शिक्षा प्रदान गरेर प्रसंसनिय योगदान दिएको चार्चा गर्नु भयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष डा. रुद्र शर्माले कलेजले आफ्नै जग्गामा कलेकको भौतिक संरचना निर्माण गर्न चाहेको बताउनु भयो । क्याम्पस प्रमुख अपराजिता अर्यालले विभिन्न दाताहरुले स्थापना गरेको छात्रबृत्ति २९ जना छात्राहरुलाई प्रदान गरिएको बताउनु भयो । कलेजमा मानविकी तथा समाजशास्त्र, शिक्षा र वाणिज्य संकार्यको स्नातक र स्नातकोत्तरमा अध्यापन भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *