देश

डुबेर मृत्यु

काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

न्यौपानेको शव आज बिहान १०.३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।उनका अनुसार शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *