काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले विरोधको राजनीतिले कसैको पनि जिवन निर्वाह नहुने बताएका छन् ।
काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई शुभकामना मन्तव्यका क्रममा यस्तो बताएका हुन् । नेता ढकालले समृद्धि नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्ष पुरा गर्न विरोधको राजनीति गर्न छाड्नुपर्ने उल्लेख गरेका छन् ।
नेता ढकालले नेपालको राजनीतिमा अनेरास्ववियुको भूमिका ऐतिहासिक रहेको भन्दै अनेरास्ववियु अझै रचनात्मक ढङगले अगाडी बढाउन जोड दिनुपर्ने बताए ।
‘अनेरास्ववियु लामो विरासत भएकाले विद्यार्थीले विद्यार्थी राजनीति गर्नुपर्नेमा उनको जोड रहेको छ । पाटीके प्रतिनिधी छनोटमा सँधै सक्षम र ४० वर्ष कटेका विधार्थीहरुले विधार्थी आन्दोलन नगरिकन राजनीतिमा आउन समेत उनले आग्रह गरेका छन् ।




