काठमाडौं । ट्राफिक नियमविरुद्ध यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । केही समय अघिदेखि सडकमा उत्रिएर सवारी साधन मुख्य सडकमा राखेृेर बालाजु चोकमा सडक अबरुद्ध गरेका हुन् ।
बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोधको अवस्था सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध समेत बन्न पुगेको छ
प्रहरी सहायक निरीक्षक गंगाप्रसाद पोख्रेलका अनुसार अहिले बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध बन्न पुगेको छ भने ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको र अहिले खुलाउने प्रयास जारी रहेको छ ।




