काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नभएको स्पस्ट पारेका छन् । आज (सोमवार) विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक रेडियोको अवस्थामा जोड दिने समेत बताएका छन् । मन्त्री पौडेलका अनुसार सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पनि यस्तो नीति नलिने उल्लेख गरेका छन् । सामुदायिक रेडियोको छाँया संधै उज्यालो बनाउनका लागि समाचार सम्मप्रेशन गर्ने समेत उनले बताए ।
सामुदायिक रेडियोहरुको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि प्रतिनिधिमुलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन उनलृे आग्रह गरेका छन् । रेडियोहरुको गति तीव्र रुपमा अघि बढ्न जरुरी रहेको उनले बताए । नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पुर्याउन सक्नुपर्ने उनको भनाइ छ । विगतका शान्तिप्रक्रिया र द्वन्द्वका घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको टिप्पणी समेत उनले गरेका छन् ।
सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिने उनले दावी गरेका छन् । आगामी दिनमा सामुदायिक रेडियोमा देखा परेका सरल र जटिल समस्या समाधनमा सबैको साथ र सहयोग समेत आवश्यक हुने उनले उल्लेख गरेका छन् ।




