राजनीति

कांग्रेस संसदीय दल कार्यसमिति बैठकले के ग¥यो निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट यस्तो निष्कर्ष निकालेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका आुसार निर्वाचनका विषयमा अरू दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय आज विहान बसेको बैठले निकालेको हो ।
माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको लेखकले बताए ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही माघ २३ गते हुने निर्वाचनमा माघ २२ गते मनोनयनपत्र दर्ता गर्न तालिका बनेको उनले जनाकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *