काठमाडौं । आगलागी मुद्वामा दोषी ठहर भएका कैलालीको बर्दगोरिया गाउँपालिका–४ बस्ने वीरबहादुर चौधरी माघ ११ गते पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
०७० साल वैशाख ९ गते जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले चौधरीसहित तीन जनालाई आगलागी मुद्वामा दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको थियो । लगभग १० वर्षदेखि फरार रहेका चौधरीलाई पक्राउ गर्दै प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलालीको जिम्मा लगाएको छ । अर्का व्यक्ति अरुणकुमार चौधरी पनि सोही मुद्वामा दोषी ठहर रहेका छन् । उनी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर अहिले प्रतिनिधि सभामा छन् ।
सांसद चौधरी नागरिक उनमुक्ती पार्टीबाट निर्वाचित भएका थिए । फरार रहेका सांसद चौधरीलाई जिल्ला अदालतले १० वर्ष अगाडि आगलागी मुद्वामा दोषी ठहर गर्दै ६ महिनाको कैद र ८ लाख १९ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । तर अहिलेसम्म उनी पक्राउमा परेका छैनन् ।
“दोषी ठहर भएका चौधरी प्रतिनिधिसभामा निर्वाचित सांसद हुन ,” जिल्ला अदालत कैलालीका एक अधिकारीका अनुसार १० वर्ष अगाडि अदालतले
सुनाएपनि सो फैसलाअनुसार चौधरीले कैद सजाय नपाएपछि उनको नाम अहिलेसम्म फरार सुचिमा अटेको छ ।
०६६ साल भदौ ३ गते कैलालीको तत्कालीन बलिया गाविसका महादेव बजगाईको लु २ त २११ नम्बरको ट्याक्टरमा नदीजन्य पदार्थ लोड गरिएको थियो । त्यही बखत ट्याक्टरमा अहिलेका सांसद अरुणसहित वीरबहादुर लगायतका ८–१० जनाले आगो लगाएका थिए ।
आगलागीबाट ट्याक्टरमा क्षति हुन पुगेपछि सो ट्रयाक्टरमा पेट्रोल छर्केर आगो लगाएको भन्दै बजगाईँले अरुण, वीरबहादुर र परशुराम चौधरीको नाममा मुद्वा दायर गरेका थिए ।
आगलागीबाट ८ लाख १९ हजार ४२३ रुपैँयाको नोक्सानी भएको भन्दै बजगाईँले प्रतिवादीलाई मुलुकी ऐन आगो लगाउनेको महलको १ र ४ नम्बरको कसुरमा ४ नम्बर बमोजिम सजाय मागदाबी समेत गरेका थिए । तर अहिलेसम्म उनले नेपालको कानुन बमोजिम न त सजाय पाए न त प्रहरीको फन्दामा नै परे ।
फैसलाको पुर्णपाठ यस्तो थियो :




