खेलकुद

आइपिएल अक्सन : साम कुरान सबैभन्दा महँगा खेलाडी

इण्डियन प्रिमियर लिग (आइपिएल) टीट्वेन्टी क्रिकेट २०२३ का लागि खेलाडीको अक्सन अहिले जारी छ।

कोच्चीको एक होटलमा भइरहेको अक्सनमा साम कुरानले इतिहास रचेका छन्। इङ्ल्याण्डका कुरानलाई पञ्जाव किंग्सले साढे १८ करोड भारतीय रूपैयाँमा खरिद गरेको छ।

योसँगै कुरान आपीएल इतिहासमा सर्वाधिक महंगोमा विक्री हुने खेलाडी भएका छन् । यसअघि गत संस्करणमा दक्षिण अफ्रिकाका क्रिस मोरिस सबैभन्दा महँगो १६ करोड २५ लाखमा बिकेका थिए।

अष्ट्रेलियाका क्यामरन ग्रीनलाई मुम्बई इण्डियन्सले साढे १७ करोड रूपैयाँमा खरिद गरेको छ।

इङ्ल्याण्डका बेन स्टोक्सलाई चेन्नाइ सुपर किंग्सले १६ करोड २५ लाख रुपैयाँमा किनेको छ।

इङ्ल्याण्डकै ह्यारी ब्रुकलाई सनराइजर्स हैदरावादले १३ करोड २५ लाख रूपैयाँमा खरिद गरेको छ । मयंक अग्रवाललाई ८ करोड २५ लाख रुपैयाँमा सनराइजर्स हैदरावादले खरिद गरेको छ।

इशान्त शर्मा भने जम्मा ५० लाखमा विकेका छन्। उनलाई दिल्ली क्यापिटल्सले किनेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *