समाचार

नेपाल वायुसेवाका क्याविन क्रुको हड्ताल स्थगित

काठमाडौं । करारबाट निकालिएका सबै ‘क्याबिन क्रु’सँग भएको सम्झौता नविकरण गर्ने सहमतिपछि नेपाल वायुसेवा निगममा दुई दिनदेखि जारी क्याबिन क्रुको हड्ताल स्थगित भएको छ ।

क्याबिन क्रको हड्तालका कारण बिहीबार भारतको दिल्ली र साउदी अरबको रियादका लागि समयमै विमान नउडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र गरेका थिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल क्याबिन क्रु संघसँग आगामी दिनमा सबैको करार मिति पुस १ गतेबाट सुरु हुने र सबैको तीन वर्षे करार अवधि रहने सम्झौतापछि आन्दोलन स्थति भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *