समाचार

माओवादी अध्यक्ष प्रचण्डले भेटे जेलमा रहेका नेता रेशम चौधरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारागारमै पुगेका हुन् ।

कैलालीको टीकापुर हत्याकाण्डमा कैद सजाय पाएका अभियुक्त चौधरीकी श्रीमती नागरिक उन्मुक्ति पार्टीकी संयोजक रञ्जीता श्रेष्ठ कैलालीबाट प्रतिनिधिसभामा निर्वार्चित भएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभाका दुई सिट जितेको छ । बर्दीयामा चौधरीका बुबाले स्वतन्त्रबाट प्रतिनिधिसभामा जित निकालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *