निर्वाचन-२०७९

शहरी विकास मन्त्री र स्वास्थ्य मन्त्रीलाई क्रमशः २५ र पाँच हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।

चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ । 

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीको सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ । 

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगको भनाइ छ ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *