समाचार

घात गरेको भन्दै राजेन्द्र लिङ्देन र विक्रम पाण्डेबीच पानी बाराबार

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष विक्रम पाण्डेबीच अहिले पानी बाराबारको स्थिति देखिएको छ । लिङ्देनले आफू मात्र जित्न एमाले अध्यक्ष केपी ओलीसँग तालमेल गरेको भन्दै पाण्डे आक्रोशित भएका छन् ।

पाण्डेले चितवन ३ मा आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गरेको र त्यसमा लिङ्देनको पनि पूर्ण समर्थन रहेको सूचना पाएपछि उनीसँग आगो भएका हुन् । स्रोतका अनुसार पाण्डेले लिङ्देनलाई आफूले चुनाव हारे जे पनि हुने भन्दै धम्कीसमेत दिएका छन् । त्यही कारण लिङ्देनले आजका दिनसम्म चितवन टेकेका छैनन् ।

सोमबार मात्रै चितवन पुगेर एमाले अध्यक्ष केपी ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई जिताउन चुनावी सभामै निर्देशन दिए । उनले कांग्रेसलाई सही ट्रयाकमा ल्याउन पनि कोइरालालाई जिताउनुपर्ने भन्दै उनका लागि भोट मागेपछि विक्रम पाण्डे झन् आगो भएका छन् । सो क्षेत्रमा माओवादीका डा।भोजराज अधिकारी उम्मेदवार बनेका छन् ।

लिङ्देनले आफू, रुपन्देही ३ मा दीपक बोहोरा र बाँके १ मा धवलशमशेर राणाले मात्र चुनाव जितुन् भन्ने चाहेका छन् । उनी रुपन्देही र बाँके चुनाव प्रचारप्रसारका लागि पुगिसकेका छन् । तर, विक्रम पाण्डेका लागि भोट माग्न भरतपुर पुगेका छैन्न् । पाण्डे एक वर्षअघिसम्म एमाले प्रवेश गर्ने चर्चा थियो । ओलीले पाण्डेलाई पार्टी प्रवेश गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दाको किनारा लगाउन भूमिका खेलेका थिए । तर, अन्तिम समयमा ओलीको प्रधानमन्त्र िपद खुस्कियो । पाण्डे एमाले प्रवेश गर्ने तयारी पनि रोकियो ।

यही रिसका कारण ओली पाण्डेले चुनाव नजितिनुन् भन्ने चाहन्छन् । राप्रपाका अन्य उम्मेदवारलाई जिताउन ओली तयार देखिए पनि पाण्डेका लागि चितवन ३ मा उनी सहमत भएनन् । बरु कांग्रेसका बागी उम्मेदवार कोइराला जिताउन भन्दै उनले क्याम्पियनिङ गरे ।

आफ्नो पार्टीका उम्मेदवारको उम्मेदवारी फिर्ता लिन लगाए । पाण्डे हराउन ओली खुलेयाम लागेपछि लिङ्देनसँग मुख छोडाछोड भएको बताइन्छ । पाण्डेले लिङ्देनलाई जे पनि हुन सक्ने चेतावनीसमेत दिएको चर्चा अहिले राप्रपा वृत्तमा चलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *