काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगले आगामी मंसिर ४ गते चुनावका सबै उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण बनाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
आयोगले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूति सहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न पनि निर्देशन दिएको छ ।





