काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् ।
आज (शुक्रवार) गोरखाको जौवारीमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले सो बताएका हुन् । मंसिर ४ गते संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र उल्ट्याउने बिच जनमत संग्रह हुन लागेको उल्लेख गरेका छन् ।
उनले भने, ‘नेपाली जनताले झण्डै ७० बषै लडेर ल्याएको संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याएर फेरि देशलाई निरंकुशता र अराजकतातिर धकेल्ने बिचमा जनमत संग्रह हुन लागेको बताएका छन् ।
नेपालमा राजतन्त्र फर्काउनका लागि र रोक्नका लागि देशका दुई गठबन्धन भएको समेत उल्लेख गरे ।




