समाचार

अदालतको सधै सम्मान गरेको अख्तियारको स्पष्टोक्ती

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतको निर्णयको सम्मान गर्दै न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्तिमा जारी गर्दै स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति अख्तियार सदाझैँ अविचलित रहने भन्दै कात्तिक २२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई अन्यथा रुपमा नबुझिदिन सम्बन्धित सबैमा आग्रह गरेको हो ।

अख्तियारले प्रचलित कानूनबमोजिम अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा संलग्न व्यक्ति उपर कानूनबमोजिम अधिकारप्राप्त अदालतमा मुद्दा दायर गर्दै आएको भन्दै विशेष अदालतबाट प्राप्त फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्दै आएको अख्तियारको भनाइ छ ।

यसअघि बिहिबारै नेपाल बार एसोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकुलको फैसला गर्न दवाव दिने उद्देश्यले अदालतलाई आरोप लगाएको बताएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *